करेन्ट लागि २ जनाको मृत्यु
२०८२-०४-०३
- A
- A-
- A+
झापा र सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । साउन ०२ गते दिउँसो साढे २ बजे झापाको अर्जुनधारा नगरपालिका- ४ का ३५ बर्षीय दिपक पाण्डेले बिर्तामोड- २ स्थितमा बिजुलिको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको बि.एण्ड.सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । त्यस्तै सुनसरीको रामधुनी नगरपालिका- ६ की १८ बर्षीय स्मृती चौधरीले आफ्नै घरमा रहेको कल चलाउने क्रममा करेन्ट लागी मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।