धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको आरोपमा १ जना पक्राउ
२०८२-०४-०२
- A
- A-
- A+
इलामको माईजोगमाई गाउँपालिका-२ का २३ बर्षीय प्रकाश चापागाईलाई धारिलो हतियार छुरा प्रहार गरी हत्या गरेको र उनका दाजु ३२ बर्षीय निरोज चापागाईलाई छुरा प्रहार गरी घाईते बनाएको आरोपमा सुर्योदय नगरपालिका-१ का ३३ बर्षीय किरण शेर्पालाई प्रहरीले पक्राउ गरेको छ । असार ३२ गते राती सुर्योदय नगरपालिका-१ स्थित ससुसाली घरमा आएका माईजोगमाई गाउँपालिका-२ का निरोज चापागाई र उनका भाई प्रकाश चापागाईलाई सुर्योदय नगरपालिका-१ का किरण शेर्पाले सामान्य वाद विबादको क्रममा छुरा प्रहार गर्दा प्रकाश चापागाईको घटनास्थलमानै मृत्यु भएको थियो भने निरोज चापागाई गम्भिर घाईते भएकोमा झापा स्थित बि एण्ड सि अस्पताल बिर्तामोडमा उपचार भईरहेको छ । हत्या पश्चात फरार भएका शेर्पालाई खोजतलासको क्रममा साउन १ गते सुर्योदय नगरपालिका-१ मानेभञ्ज्याङ स्थितमा भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका शेर्पाको कर्तव्य ज्यान कसुरमा इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट थप अनुन्सधान तथा कानूनी कारवाही भईरहेको छ ।