बाँस झ्याङमा वेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद
२०८२-०४-०२
- A
- A-
- A+
सुनसरीको रामधुनी नगरपालिका-७ स्थित बाँस झ्याङमा बेवारिसे अवस्थामा रहेको ३ सय किलोग्राम गाँजा प्रहरीले बरामद गरेको छ । साउन १ गते इलाका प्रहरी कार्यालय पकली र अस्थायी प्रहरी पोष्ट पंचायनबाट गस्तीमा खटिएको प्रहरी टोलीले १० वटा प्लास्टिकको पोकामा प्याक गरी राखेको बेवारिसे अबस्थामा रहेको ३ सय किलोग्राम गाँजा बरामद गरेको हो । बेवारिसे अवस्थामा गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्ति खोज तलास भईरहेको छ ।