लागू औषध ब्राउन सुगर सहित १ जना पक्राउ
२०८२-०३-३०
- A
- A-
- A+
मोरङको बिराटनगर- १६ स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २९ गते अपरान्ह लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा नगरपालिका-७ का २१ बर्षीय आविश उरावलाई ३ ग्राम १६ मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनको थप अनुसन्धान भईरहेको छ ।