लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०३-२९
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका- १४ स्थितबाट लागू औषध ब्राउन सुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २८ गते साँझा ६ बजे इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा विराटनगर- १२ का २३ बर्षीय रोशन लाल महत्तोको साथबाट १७४ ग्राम ३१ मिलिग्राम ब्राउन सुगर बरामद भएसगै ओसार पोसारमा संलग्न भारत बिहारका २१ बर्षीय पवन कुमार यादव र को. ३० प ४१० नम्बरको मोटसाईकल समेत नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।