२०५ ग्राम ८० मिलि ग्राम लागू औषध ब्राउन सुगर सहित २ जना पक्राउ
२०८२-०३-२४
- A
- A-
- A+
जिल्ला प्रहरी कार्यालय झापा र लागू औषध नियन्त्रण ब्युरो काकरभिट्टावाट खटिएको प्रहरी टोलीले २०५ ग्राम ८० मिलिग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा भारत बिहार राज्य, किसनगञ्ज का ३५ बर्षीय मनिसुर आलम र झापाको कचनकवल गाउँपालिका-५ का ५५ बर्षीय नशरुदिन मिँया रहेका छन् । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत विशेष सूचनाको आधारमा असार २४ गते साँझ खटिएको प्रहरी टोलीले झापाको भद्रपुर नगरपालिका-७ स्थितमा शंकास्पद अवस्थामा रहेका दुबैजनालाई चेकजाँच गर्ने क्रममा प्रहरीलाई नै हातपात गर्दै भाग्न खोजे पछि प्रहरीले ६ राउण्ड गोली फायर गरी दुबैजनालाई नियन्त्रणमा लिएको हो । ब्राउन सुगर सहित पक्राउ परेका दुबैजनाको थप अनुसन्धान भई रहेको छ ।