मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु
२०८२-०३-२४
- A
- A-
- A+
उदयपुरको बेलका नगरपालिका-८ स्थितमा मोटरसाईकल अनियन्त्रित भई दुर्घटना चालकको मृत्यु भएको छ । असार २४ गते साँझ को. ३८ प ९८७ नम्बरको मोटरसाईकल अनियन्त्रित भई दुर्घटना हुँदा चालक मोरङको टंकी सिनुवारी-२ का ३२ बर्षीय अनिल राजबंशी र पछाडि सवार भोजपुरको षडानन्द-७ दिङ्ला की १८ बर्षीया तुलशा कार्की घाईते भएकोमा अस्थायी प्रहरी पोष्ट कोठुबाट खटिएको प्रहरी टोलीले उद्दार गरी उपचारकोलागी बिराट टिचिङ अस्पताल विराटनगर पठाएकोमा उपचारको क्रममा राजबंशीको मृत्यु भएको हो ।