३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०३-२३
- A
- A-
- A+
मोरङको रंगेली नगरपालिका-८ स्थितबाट ३ सय ६५ ग्राम लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरीको लागू औषध दुर्व्यसन विरुद्दको महाअभियान अन्तरगत बिशेष सूचनाको आधारमा असार २२ गते दिउँसो साढे ३ बजे नेपाल प्रहरी केन्द्रीय लागू औषध अनुसन्धान ब्युरो काठमाण्डौ, लागू औषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय रंगेली मोरङबाट खटीएको प्रहरी टोलीले कोठा भाडामा बस्दै आएका रंगेली-८ का ५४ बर्षीय कृत्यानन्द ठाकुरको कोठा खानतलाशी गर्दा उक्त परिमाणको ब्राउन सुगर फेला पारेको हो । ब्राउन सुगर बरामद गरेसंगै कारोबारमा संलग्न रहेका कृत्यानन्द ठाकुर, ३० बर्षीय शुशिल बुढाथोकी र भारत अररिया की ५० बर्षीया हसिना भन्ने बिजली खातुनलाई नियन्त्रणमा लिने क्रममा भाग्न खोजे पछि प्रहरीले १ राउण्ड गोली फायर गरी तीनैजनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनीहरुको साथबाट प्रहरीले नगद १ लाख २१ हजार रुपैया समेत बरामद गरेको छ ।