प्रतिबन्धित लागू औषध सहित ४ जना पक्राउ
२०८२-०३-२३
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तरगत लागू औषध वेचबिखन तथा ओसार पसारमा संलग्नहरुलाई पक्राउ गरी कानूनी दायरामा ल्याउन खटिएको प्रहरी टोलीले असार २२ गते प्रतिबन्धित लागू औषध सहित ४ जनालाई पक्राउ गरेको छ । जस अन्तरगत झापाबाट १ जना, मोरङबाट १ जना, उदयपुरबाट १ जना र धनकुटाबाट १ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेका उनिहरुको साथबाट ३ ग्राम ४ सय ६० मिलिग्राम ब्राउन सुगर र ६ किलोग्राम गाँजा बरामद भएको छ ।