लागू औषध गाँजा बोकेको भारतिय नम्वरको कार नियन्त्रणमा
२०८२-०३-२१
- A
- A-
- A+
सुनसरीको बराहक्षेत्र नगरपालिका-३ स्थितबाट लागूऔषध गाँजा बोकेको MH 02 BP 9742 नम्बरको कार प्रहरीले नियन्त्रणमा लिएको छ । असार २१ गते बिहानको राती सवा २ बजे अस्थायी प्रहरी चौकी नडाहाबाट गस्तीमा खटिएको प्रहरी टोलीले सडक छेउमा रहेको संकास्पद अवस्थामा रहेको कार चेकजाँचको क्रममा कारको डिकीमा लुकाई राखेको १ सय ६२ किलोग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद भए संगै ओसार पसारमा संलग्न व्यक्तिको खोजतलास भईरहेको छ ।