लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ पक्राउ
२०८२-०३-२१
- A
- A-
- A+
सुनसरी, झापा र धनकुटाबाट लागू औषध ब्राउन सुगर र गाँजा सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार २० गते सुनसरीको इलाका प्रहरी कार्यालय लौकही र लागूऔषध नियन्त्रण व्युरो विराटनगरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भोक्राहा नरसिंह गाउँपालिका-३ का ३१ बर्षीय प्रभु नारायण यादवलाई २ ग्राम ९४० मिलिग्राम ब्राउन सुगर सहित र इटहरी-१७ का २४ बर्षीय बलराम चौधरी, इटहरी-१९ का ३२ बर्षीय अरबिन्द्र भण्डारीलाई १२ ग्राम ३ सय मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । यसै गरी इलाका प्रहरी कार्यालय अनारमनी झापाले इलाम नगरपालिका-९ का २५ बर्षीय गंगाराम चौहान र २० बर्षीय सुजन अधिकारीलाई २ सय २० मिलिग्राम ब्राउन सुगर सहित र इलाका प्रहरी कार्यालय भेडेटार धनकुटाले पाख्रिवास नगरपालिका -८ का भिम बहादुर राई ७ किलोग्राम गाँजा सहित पक्राउ गरेको छ ।