प्रतिबन्धित औषधी सहित ३ जना पक्राउ
२०८२-०३-१९
- A
- A-
- A+
झापा र उदयपुरको दुई स्थानहरुबाट असार १८ गते प्रतिबन्धित औषधी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक झापाले दमक नगरपालिका-९ स्थितबाट सोही स्थानका १९ बर्षीय सागर कुमाललाई प्रतिबन्धित औषधी ९० पिस र ९० क्यापसुल सहित नियन्त्रणमा लिएको हो । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका-१ फूलजोर स्थितमा यात्रु बाहक बसमा सवार त्रियुगा-१३ का २२ बर्षीय सुगम राई र एक जना १६ बर्षीय बालक समेतलाई प्रतिबन्धित औषधी ६ सय ४ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।