नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण
२०८२-०३-१७
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले असार १७ गते नेपाल प्रहरी स्कुल धरानको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा कार्यालय भवन, सम्पुर्ण शाखाहरु तथा कक्षा कोठाहरुको निरीक्षण गर्नुका साथै कार्यरत प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ । प्रहरी कर्मचारीहरुलाई निर्देशनको क्रममा वँहाले अभिभावकको बिश्वास र भरोसा बोकेका बिद्यार्थीहरुको रेखदेखलाई पहिलो प्राथामिकता दिई शान्तमय वातावरणमा अध्ययन गर्ने अधिकारको शुनिश्चितता प्रदान गर्न निर्देशन दिनु भयो । वहाँले शिक्षक तथा अध्ययनरत बिद्यार्थीहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो भने सौहार्दपुर्ण वातावरणमा विधार्थीहरुलाई अध्यापन गराउन र गुणस्तरीय शिक्षा प्रदान गर्न, शारिरिक ब्यायाम र अतिरिक्त क्रियाकलापमा समेत बिद्यार्थीहरुलाई सहभागी गराउन शिक्षकहरुलाई अनुरोध गर्नु भएको थियो । वहाँले अमर, अशक्त प्रहरी परिवारका सन्तति तथा जेहेन्दार बिद्यार्थीहरुलाई छात्रबृति उपलव्ध गराउनुका साथै बिभिन्न खेलकुदमा विजय हुने उत्कृष्ट बिद्यार्थी, उत्कृष्ट कार्यगर्ने प्रहरी कर्मचारीहरु लगायत शिक्षकहरुलाई पुरस्कृत गर्नु भएको थियो । सोही क्रममा प्रदेश प्रमुख कार्कीले नेपाल प्रहरी प्रदेश कार्यालय बिधि बिज्ञान इकाई धरानको समेत निरीक्षण, अनुगमन गर्नुका साथै प्रहरी कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको थियो ।