लागू औषध गाँजा सहित ३ जना पक्राउ
२०८२-०३-१३
- A
- A-
- A+
झापा र सुनसरीबाट लागू औषध गाँजा सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । असार १२ गते प्रहरी चौकी भरौल सुनसरीको प्रहरी टोलीले बराहक्षेत्र नगरपालिका-४ स्थितबाट चेकजाँचको क्रममा को. १ ह ९५१० नम्बरको अटो भित्रबाट लुकाई छिपाई राखेको ७५ किलोग्राम लागू औषध गाँजा बरामद गरेसगै अटो चालक ईटहरी-१० का ४५ बर्षीय सुरतलाल चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यसैगरी झापाको अर्जुनधारा नगरपालिका-६ की ५९ बर्षीया अमृत माया लिम्बु र इलाम नगरपालिका-१२ घर भई हाल झापाको अर्जुनधारा-१ स्थित निर्माणाधीन पुलमा काम गर्दै आएका २० बर्षीय रोशन भट्टराईलाई १ किलो ८ सय ८८ ग्राम ६ सय ३० मिलिग्राम गाँजा सहित प्रहरी चौकी शनिश्चरेले पक्राउ गरेको हो ।