चोरीमा संलग्न ३ जना पक्राउ
२०८२-०३-०९
- A
- A-
- A+
उदयपुर, झापा र मोरङबाट चोरीमा संलग्न ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका-७ का २९ बर्षीय कबिन भन्ने निरोज लामा, झापाको कन्काई नगरपालिका-३ का २६ बर्षीय विनोद बर्देवा र मोरङको धनपालथान-४ का १९ बर्षीय जोसेफ हेमरम रहेका छन । २०८१ साल मंसिर ३ गते उदयपुरको चौदण्डीगढी-३ का पदम राईको घरबाट ४ तोला सुनको गर-गहाना चोरी भएको घटनामा अनुसन्धान तथा खोजतलासको क्रममा कबिन भन्ने निरोज लामालाईगाउँघरमा नै लुकिछिपि बसेको अवस्थामा इलाका प्रहरी कार्यालय बेल्टारले असार ०७ गते पक्राउ गरेको हो । त्यसैगरी २०८२ साल असार ८ गते झापाको कनकाई नगरपालिका-३ का रबिन बिश्वकर्माको घरमा डेरा गरी बस्ने बर्देवाले घरमा कोहि नभएको अवस्थामा टिभि, फ्रिज लगायत घरायसी सामान चोरी गरी फरार भएकोमा इलाका प्रहरी कार्यालय सुरुङ्गाले पक्राउ गरेको हो । त्यसै गरी असार ८ गते मोरङको जहदा गाउँपालिका-४ स्थितमा पर्किङ गरी राखेको प्रदेश १-०२-०४३ प.८५७१ नम्बरको मोटरसाईकल चोरीमा संलग्न हेमरमलाई इलाका प्रहरी कार्यालय पोखरीयाले पक्राउ गरेको हो । चोरीको सामान सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।