पौडी खेल्ने क्रममा डुवेर १ जना र चट्याङ लागेर १ जनाको मृत्यु
२०८२-०३-०९
- A
- A-
- A+
मोरङमा पौडी खेल्ने क्रममा डुबेर १ जना र भोजपुरमा चट्याङ लागेर १ जनाको मृत्यु भएको छ । असार ०८ गते अपरान्ह साढे ४ बजे मोरङको धनपालथान गाउँपालिका-७ का बिजय शर्माको ८ बर्षीय छोरा ऋषि शर्मा घर नजिकै रहेको पोखरीमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । त्यसैगरी सोही दिन भोजपुरको रामप्रसादराई गाउँपालिका-१ घर भई हाल चापाभोटे स्थित आफ्नै दाजुको घरमा बस्दै आएकी ६५ बर्षीया पम्फा भण्डारीलाई कोठामा सुती रहेको अबस्थामा पानी संगै परेको चट्याङले लाग्दा उनको घटनास्थलमा नै मृत्यु भएको हो ।