लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ
२०८२-०३-०७
- A
- A-
- A+
झापा र मोरङको दुई स्थानहरुबाट प्रहरीले लागू औषध ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गर्न सफल भएको छ । गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागु औषध नियन्त्रण ब्युरो काकरभिट्टाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले असार ७ गते दिउँसो भद्रपुर नगरपालिका-५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेको प्रदेश ०१-०३० च ७७९३ नम्बरको कारलाई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाएर ल्याउदै गरेको ४७ ग्राम ६ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद भए संगै कार चालक काठमाण्डौ महानगरपालिका-२६ का २४ बर्षीय निवेश कुँवर र कारमा सवार लमजुङ की २२ बर्षीया नोजिना रानामगरलाई नियन्त्रणमा लिएको छ । यसैगरी इलाका प्रहरी कार्यालय पथरी मोरङबाट खटिएको प्रहरी टोलीले पथरीशनिश्चरे नगरपालिका-१० का ३० बर्षीय बरुण लिम्बुलाई ब्राउन सुगर ७ ग्राम ९ सय ४० मिलिग्राम र नगद १५ हजार रूपैया सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भई रहेको छ ।