१ थान पेस्तोल र २ थान खुकुरी सहित भारतीय नागरीक पक्राउ
२०८२-०३-०७
- A
- A-
- A+
झापाको मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्क स्थितबाट एक थान पेस्तोल र दुई थान खुकुरी सहित एक जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत वेष्टबंगाल सिलिगुढीका ३५ बर्षीय जय प्रकाश कुमार पाठक रहेका छन । असार ६ गते बेलुका विशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी नायव उपरीक्षक राजन लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले WB70 G 3232 नम्बरको कारलाई नियन्त्रणमा लिई चेकजाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको MAKE IN INDIA लेखिएको कालो रंगको म्याग्जिन सहितको एयर पेस्तोल-१ थान, एयर वुलेट-५ राउण्ड, खुकुरी-२ थान बरामद गरेको हो । अवैध हतियार सहित पक्राउ परेका पाठकको इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भईरहेको छ ।