प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN

“सुरक्षित"सुरक्षित यात्रा हामी सवैको चाहना, सबैले गरौ ट्राफिक नियमको पालना” भन्ने मुल नाराका साथ कोशी प्रदेशमा ट्राफिक सप्ताहको शुभारम्भ

२०८२-०३-०६

  • A
  • A-
  • A+
Share

“सुरक्षित यात्रा हामी सवैको चाहना, सबैले गरौ ट्राफिक नियमको पालना” भन्ने मुल नाराका साथ कोशी प्रदेशमा ट्राफिक सप्ताहको शुभारम्भ

विराटनगर, २०८२ असार ६ गते ।

प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेश बिराटनगर तथा  नेपाल प्रहरी राजमार्ग  सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको आयोजनामा सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी प्रदेश स्तरिय ट्राफिक सप्ताह २०८२ को भब्यताका साथ शुभारम्भ भएको छ । असार ६ गते विराटनगर स्थित महेन्द्र चोकबाट प्रभात फेरी र्याली सुरु भई विराटनगरको सिटी हलमा पुगी एक कार्यक्रमको आयोजना बिच ट्राफिक सप्ताहको शुभारम्भ भएको हो । निमित्त कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीको अध्यक्षता तथा कोशी प्रदेशका माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीको प्रमुख आतिथ्यतामा  शुभारम्भ भएको ट्राफिक सप्ताह कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथि माननीय मुख्य मन्त्री हिक्मत कुमार कार्कीले पानसमा दिप प्रज्वलन गरेर बिधिवत रुपमा कार्यक्रमको समुद्घाटन गर्नु भएको थियो । उक्त कार्यक्रममा वहाँले सचेतना मुलक श्रव्यदृश्य सामाग्री “सुरक्षित यात्रा” को औपचारिकरुपमा अनावरण गर्नु का साथै सार्वजानिक यात्रु वाहक बसमा यात्रुहरुको गुनासो तथा सुझावको लागी क्युआर कोडको स्टिकर समेत टाँस गर्नु भएको थियो ।

उक्त कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रमुख अतिथि कार्कीले सडक दुर्घटना न्युनिकरण तथा ट्राफिक व्यवस्थापनमा सबै क्षेत्रको उत्तिकै साथ र सहयोग रहेमा दुर्घटना न्युनिकरणमा थप सहजता हुनेमा विश्वास व्यक्त गर्नुका साथै विद्यालय स्तरमा नै ट्राफिक सचेतना प्रदान गर्न सकिएमा दिर्घकालिनरुपमा सवारी दुर्घटना न्यूनीकरण गर्न सकिने वताउनु भयो । साथै वहाँले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणमा उल्लेख्य योगदान पुर्‍याउनु हुने महानुभावहरुलाई योगदानको उच्च कदर गर्दै  प्रसंसा पत्र प्रदान गरी सम्मान गर्नु भएको थियो ।

कार्यक्रममा कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनीकरणका लागी ट्राफिक प्रहरीलाई आवश्यक श्रोत साधन उपलव्ध गराउन कोशी प्रदेश सरकार तत्पर रहेको बताउदै सवारी दुर्घटना न्यूनिकरणमा प्रदेश स्तरिय ट्राफिक सप्ताहले महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनु भयो ।

यसै गरी मोरङ जिल्लाका प्रमुख जिल्ला अधिकारी ईन्द्र देव यादवले ट्राफिक सप्ताहको शुभकामना सहितको मन्तव्य राख्नु भएको थियो भने नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक संतोष श्रेष्ठले स्वागत मन्तव्य राख्नुका साथै ट्राफिक सप्ताहको औचित्य माथि प्रकाश पार्नु भएको थियो । कार्यक्रममा कार्यक्रमका अध्यक्ष तथा निमित्त कोशी प्रदेश प्रहरी प्रमुख गोबिन्द्र अधिकारीले ट्राफिक सप्ताहको सफलताको शुभकामना सहित धन्यवाद मन्तव्य व्यक्त गर्नुका साथै सवारी दुर्घटना न्युनिकरणको लागि प्राप्त श्रोत र साधनको उच्चतम प्रयोग गरी आम नागरीक र सरोकारवाला निकायहरुसंग समन्वय र सहकार्य गर्दै प्रदेशको ट्राफिक व्यवस्थापन प्रभावकारी  बनाउने बिश्वास ब्यक्त गर्नु भयो ।

कार्यक्रममा कोशी प्रदेशका माननीय सामाजिक विकाश मन्त्री पाँचकर्ण राई, खानेपानी, सिँचाई तथा उर्जा मन्त्री एकराज कार्की, आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर मगर, आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव राम प्रसाद आचार्य, पुर्वि पृताना हे.क्वा. सुनसरीका सहायक रथी गौरव कुमार रेग्मी, सशस्त्र प्रहरी वल बराहबाहिनी पकलीका सशस्त्र प्रहरी नायव महानिरीक्षक कुमार न्यौपाने, राष्ट्रिय अनुन्धान कार्यालय धरानका अनुसन्धान निर्देशक ईन्द्र सिं लामा लगायत  प्रदेश स्तरिय सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रहरी अधिकृत तथा प्रहरी कर्मचारी, पुर्व प्रहरी अधिकृतहरु, स्थानिय जनप्रतिनिधीहरु, ‍यातायात व्यवसायीहरु, सामुदायिक सेवा केन्द्रका पदाधिकारीहरु,संचारकर्मीहरु, नागरीक समाज, संघ संस्थाका प्रतिनिधिहरु, बिभिन्न बिद्यालयका शिक्षक तथा बिद्यार्थीहरु समेतको उपस्थिति रहेको थियो ।

सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनिकरणका लागि आजकै  मितिबाट एकैसाथ कोशी प्रदेशका १४ वटै जिल्लाहरुमा ट्राफिक सप्ताह २०८२ को शुभारम्भ भएको छ भने एक साता सम्म जिल्लाहरुमा बिभिन्न  ट्राफिक सचेतनामुलक कार्यक्रमहरु संचालन गरी ट्राफिक सप्ताह सम्पन्न हुने छ ।

 

 


सम्बन्धित समाचार
फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” घोषित
२०८२-१२-०३

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक किशोर लम्साललाई फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषित गरेको छ । विभागीय मूल्य-मान्यता, आदेश-निर्देशनको पालना गरी उच्च मनोबल र साहसका साथ आफ्नो पदिय कर्तव्य निर्वाह गर्ने क्रममा प्रहरी नायव उपरीक्षक किशोर लम्सालले फागुन २१ गते सम्पन्न भएको प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर- ०५ जस्तो अतिसंबेदनशिल निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायम गरी कुनै पनि घटना घट्न नदिई निर्वाचन सम्पन्न गराउन सफल भएको, Gen-Z आन्दोलनको क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतियाहरु र हिरासतबाट भागी फरार भएका प्रतिवादीहरु खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय दमकको छेउमा रहेको खाली जग्गाको झाडीमा Y13487 नम्बरको मार्का-४ राईफल थान-१ र विभिन्न स्थानहरुबाट १९ जना प्रतिवादीहरुलाई पक्राउ गरेको साथै फागुन महिनामा जम्मा ३५ वटा मुद्दा दर्ता भएकोमा Gen-Z आन्दोलन सँग सम्बन्धित १० वटा मुद्दा दर्ता भई १० वटा नै फर्छ्यौट भएको, Gen-Z आन्दोलनमा क्षति भएको इलाका प्रहरी कार्यालय दमकलाई स्थानीय निकाय, विभिन्न संघ संस्था तथा स्थानीय बासीहरूसँग समन्वय र सहकार्य गरी भवनहरू पूर्ण रुपमा मर्मत, फर्निचर तथा विद्युतीय उपकरणहरू पर्याप्त मात्रामा कार्यालयलाई उपलब्ध गराउने कार्यमा निरन्तरता दिई नेतृत्वदायी भुमिका निर्वाह गरेको, ध्वनी प्रदुषण गर्ने २१७ वटा मोटरसाईकल नियन्त्रणमा लिई कारबाही गरेको र चालु तथा पेण्डिङ मुद्दाका मिसिलहरु सम्बन्धित कार्यालयहरुसँग समन्वय गरी मिसिल पुनःनिर्माण गर्न भुमिका निर्वाह गरेको साथै हाल सम्म बिभिन्न मुद्दाका २२ जना फरार प्रतिवादीहरु समेत पक्राउ गर्न अहम भुमिका निर्वाह गरी आम नागरिकहरु र जनमानसमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले आफ्नो पदीय दायित्व तथा जिम्मेवारी उत्कृष्ट तवरबाट बहन गरेको हुँदा सम्पादित कार्यको उच्च मूल्याङ्कन गर्दै २०८२ साल फागुन महिनाको “सर्वोत्कृष्ट प्रहरी” (BEST POLICE OF THE MONTH) घोषणा गरिएको हो ।

लागू औषध ब्राउन सुगर सहित ६ जना पक्राउ
२०८२-१२-०२

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०१ गते झापाको दमक नगरपालिका- ५ स्थितमा लागू औषध बिक्रि बितरण भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले सोहि स्थानका मोहन यादव र गौरीगंज गाउँपालिका- १ का प्रवेश राईलाई ८ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाले मेचिनगर- ६ बाट मे. ६ प ७७२६ नम्बरको मोटरसाईकल चालक शिवसताक्षी नगरपालिका- ७ का लाख बहादुर योंङहालाई २ ग्राम १५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रण लिएको छ । त्यस्तै सुनसरीको कोशी गाउँपालिका- १ बाट इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्यूरो विराटनगरले प्रदेश १-०२-०५३ प ५८२१ नम्बरको मोटरसाईकल चालक दुहवी- २ का सुशान्त चौधरी, मोटरसाईकल पछाडी सवार दुहवी- १० मेराज चौधरीलाई ८ ग्राम ११० मिलिग्राम सहित र भोक्राहा नरसिंह गाउँपालिका- ६ बाट मोरङ कानेपोखरी गाउँपालिका- ७ का शुरेन्द्र जिमीलाई ६ ग्राम ३९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र गाँजा सहित २ जना पक्राउ
२०८२-११-३०

मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानबाट प्रतिबन्धित लागू औषध सहित फार्मेसी संचालिका र  गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २९ गते सुनसरीको गढी गाउँपालिका- २ औरावनी चोक स्थितबाट मोरङको सुन्दरहरैचा नगरपालिका- ८ घर भई हाल सोही स्थानमा डेरा गरी बस्दै आएकी ३२ बर्षीया मोनिका चौधरीले सटर भाडामा लिई संचालन गर्दै आएको शिव महिमा मेडिकल हल फार्मेसीमा प्रतिबन्धित लागू औषध बिक्री वतरण गरिरहेको छ भन्ने बिशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह PIT र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा उक्त फार्मेसीमा लुकाई छिपाई राखेको अवस्थामा ट्रामाडोल र स्पास्पेन गरी जम्मा २ हजार ९ सय ३० ट्याब्लेट फेला पारी चौधरीलाई नियन्त्रणमा लिएको हो । त्यस्तै मोरङको बिराटनगर- ३ बरगाछी चोकबाट भारत अररियाका पृथ्वी कुमार सिंह, कृष्ण कुमार सिंहलाई ११ किलो ५२ ग्राम गाँजा सहित जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध सहित ४ जना पक्राउ
२०८२-११-२९

झापा र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको प्रादेशिक अनुसन्धान समूह, इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले फागुन २८ गते सुनसरीको धरान-१३ स्थितबाट संखुवासभा सिलिचोङ गाउँपालिका-४ का २० बर्षीय सन्दिप राईलाई ३० किलोग्राम गाँजा सहित पक्राउ गरेको हो भने अस्थायी प्रहरी पोष्ट जोरसखुवाले धरान-११ बाट सोही स्थानका डानियल राईलाई ट्रामाडोल ६० क्याप्सुल र डिकोलिक १४९ ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय झिलझिले झापाले शिवसताक्षी नगरपालिका-११ का ३२ बर्षीय शिवा मल्लिक र शिवसताक्षी-८ का कैलाश रणपयलीलाई १ ग्राम ६१० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-११-२६

सुनसरी र झापाबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । फागुन २५ गते सुनसरीको इनरुवा नगरपालिका- ४ स्थितबाट जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाले चेकजाँचको क्रममा को. ३१ प ३२५५ नम्बरको मोटरसाईकल चालक इटहरी- १८ का २९ बर्षीय जेम्स राई र मोटरसाईकल पछाडी सवार इटहरी- १७ का २९ बर्षीय सिद्धार्थ चौधरीलाई ३५ ग्राम २१० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो भने इटहरी-४ बाट इलाका प्रहरी कार्यालय इटहरीले धरान- २० का ३३ बर्षीय अर्जुन राईलाई १ ग्राम ४०० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । त्यस्तै इलाका प्रहरी कार्यालय दमक झापाले मे. ११ प ६०५० नम्बरको मोटरसाईकल चालक कमल गाउँपालिका- ६ का ३२ बर्षीय लक्ष्मण राजवंशीलाई ३ ग्राम ४४० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ । पक्राउ परेका  जनाको थप अनुसन्धान भईरहेको छ ।