४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा सहित २ वटा ट्रक नियन्त्रणमा
२०८२-०३-०३
- A
- A-
- A+
सुनसरीको धरान उप- महानगरपालिका-१३ र इटहरी उप-महानगरपालिका-२० स्थितबाट ४ हजार २ सय ३० किलोग्राम लागू औषध गाँजा बोकेको २ वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको छ । असार २ गते धरान-१३ शिवधारा स्थित कोशी लोकमार्गमा भेडेटारबाट धरान तर्फ आउँदै गरेको अदुवा र बन्दा कोवी बोकेको प्रदेश १-०२-००२ ख ०८४८ नम्वरको ट्रकमा चेकजाँचको क्रममा ७० वटा प्लास्टिकको बोरामा प्याकिङ गरी राखेको २ हजार १ सय ३० किलोग्राम गाँजा बरामद गरेको हो । यसै गरी असार ३ गते इटहरी-२० स्थित तरहरा जंगल नजिकै कोशी लोकमार्गमा इलाका प्रहरी कार्यालय इटहरीको प्रहरी टोलीले चेकजाँचको क्रममा ना. ५ ख ६११६ नम्वरको ट्कमा ७० वटा प्लास्टिकको वोरामा प्याक गरी माथिबाट बन्दाकोवी र आलुको बोराले छोपी ल्याउदै गरेको अवस्थामा २ हजार १ सय किलोग्राम गाँजा बरामद गरेको हो । लागू औषध गाँजा बरामद भएसंगै ट्रक चालक धनकुटा शहिदभुमी गाउँपालिका-६ का राजेन्द्र राई सहित सोही स्थानका सुनिल राई र बराहक्षेत्र- ९ का सुमन राईलाई नियन्त्रणमा लिईएको छ । चेकजाँचकै क्रममा धनकुटाको साँगुरीगढी गाउँपालिका-६ स्थितबाट इलाका प्रहरी कार्यालय भेडेटारले पाख्रिवास नगरपालिका-८ का नारायण प्रसाद राईलाई ९ किलो ९०० ग्राम लागू औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।