लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ
२०८२-०३-०३
- A
- A-
- A+
मोरङ र झापाको विभिन्न स्थानहरुबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको छ । असार २ गते दिउँसो झापाको मेचीनगर नगरपालिका-६ पुरानो मेचीपुल स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा झापा कन्काई नगरपालिका-४ का ३३ वर्षीय संञ्जित सिवा दर्जीलाई लागू औषध ब्राउन सुगर २१ ग्राम ९ सय ४० मिलिग्राम सहित पक्राउ गरेको छ, सोही दिन इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले झापाको बिर्तामोड नगरपालिका-४ स्थितबाट दमक नगरपालिका-१ का ३२ वर्षीय बिजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्रीको साथबाट १३ ग्राम ३ सय ६० मिलिग्राम ब्राउन सुगर बरामद गरी दुबैजनालाई पक्राउ गरेको हो । त्यसैगरी मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितबाट लागू औषध नियन्त्रण व्यूरो विराटनगरले सुनसरीको इटहरी उप-महानगगरपालिका-२ का ३० वर्षीय पंकज खत्रीलाई लागू औषध ब्राउन सुगर ४ ग्राम ११ मिलिग्राम सहित नियन्त्रणमा लिएको छ ।