अबैध समान बरामद
२०८२-०३-०३
- A
- A-
- A+
झापा, सुनसरी र मोरङको छुटाछुटै स्थानहरुबाट भन्सार छली गरी भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अबैध समानहरु प्रहरीले बरामद गरेको छ । सिमार्वती क्षेत्रहरुमा परिचालन भएको प्रहरी टोलिले असार २ गते भन्सार छली गरी नेपाल भित्र्याउदै गरेको बिभिन्न प्रकारका कस्मेटिक, कपडा, औषधी, मोवाईलको टेम्पर ग्लासहरु, मोटरपार्टस, ईलेक्ट्रिक स्कुटरको ब्याट्रिहरु लगायत किराना समानहरु बरामद गरेको छ । बरामद गरिएका करिव १२ लाख ८५ हजार ४ सय ६० रुपैया बराबरको समानहरु आवश्यक कारबाहीको लागी सम्बन्धीत भन्सार कार्यालयहरुमा बुझाईएको छ ।