करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु
२०८२-०३-०१
- A
- A-
- A+
मोरङको सुन्दरहरैचा नगरपालिका-७ मदेली खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा श्रीमान श्रीमतीको मृत्यु भएको छ । जेठ ३१ गते बिहान पौने १० बजे स्थानीय ५८ बर्षीय पुर्ण बहादुर लिम्बु र निजकै ५२ बर्षीया श्रीमती फुलमाँया लिम्बुले मदेली खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा अचानक करेन्ट सट हुँदा दुबैजनाको करेन्ट लागेर घट्नास्थलमै मृत्यु भएको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप अनुसन्धान भईरहेको छ ।