२ जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा १ जना पक्राउ
२०८२-०३-०१
- A
- A-
- A+
उदयपुरको चौदण्डिगढी नगरपालिका-४ स्थितबाट २ जनाको सुनको सिक्री थुतेर भाग्ने क्रममा १ जनालाई प्रहरीले पक्राउ
गरेको छ । पक्राउ पर्नेमा पर्साको बिरगंज महानगरपालिका-२० का १९ बर्षीय सचिन राजपुत रहेका छन् । जेठ ३१ गते दिउँसो पौने १० बजे शनिबारे स्थित बजारमा सोहि स्थानकी २८ बर्षीय बिनिता तामाङ र ३१ बर्षीया सोभा राईले घाँटीमा लगाएको सुनको सिक्री थुतेर भाग्ने क्रममा प्रहरी चौकी बसाहाको प्रहरी टोलीले राजपुतलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनको आवश्यक थप अनुसन्धान भईरहेको छ ।