पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु
२०८२-०३-०१
- A
- A-
- A+
झापाको अर्जुनधारा नगरपालिका- ११ स्थितमा पौडी खेल्ने क्रममा डुबेर १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा काठमाण्डौ घर भई हाल सोहि स्थानमा बस्दै आएको ४० बर्षीय केशब पाठक रहेका छन् । जेठ ३१ गते साँझ साढे ८ बजे माता मन्दिर स्थित रहेको स्वीमिङ पुलमा पौडी खेल्ने क्रममा डुबेर घाईते भएक उनलाई तत्काल उद्धार गरी उपचारको लागि बि एण्ड सी अस्पताल बिर्तामोड पुर्याउनासाथ डाक्टरले मृत घोषणा गरेको थियो । घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भईरहेको छ ।