सवारी दुर्घटनाबाट २ जनाको मृत्यु
२०८२-०३-०१
- A
- A-
- A+
मोरङ र सुनसरीको छुट्टा छुट्टै स्थानहरुमा सवारी दर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जेठ ३१ गते दिउँसो सुनसरीको रामधुनी नगरपालिका-२ स्थित स ६ प.१२९५ नम्बरको मोटरसाईकले बाटो क्रस गर्दै गरेका साईकल यात्री भारतको कलकत्ता घर भई हाल सोहि स्थानमा बस्दै आएका ६५ बर्षीय निर्मल साहलाई ठक्कर दिदा घाईते भएका उनको धरानको घोपामा उपचारको क्रममा मृत्यु भएको हो भने मोटरसाईकल चालक सप्तरीको डाक्नेश्ववर नगरपालिका-५ का ३५ बर्षीय जितेन्द्र मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यसैगरी मोरंङको रंगेली नगरपालिका-७ स्थितमा को.२ च. १३०० नम्बरको पिकअप गाडी डिभाईडरमा ठक्कर खाई दुर्घटना हुँदा चालक विराटनगर-८ का ४५ बर्षीय चेतराज खनालको घटनास्थलमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भईरहेको छ ।