प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित ४ जन पक्राउ
२०८२-०२-३१
- A
- A-
- A+
मोरङ र सुनसरीको विभिन्न स्थनाहरुबाट प्रतिवन्धित औषधी र
ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्रउ गरेको छ । जेठ ३० गते बिराटनगर महानगरपालिका-१६
स्थितमा लागू औषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलिले चेकजाँचको क्रममा सुनसरी-१५ का २७ वर्षीय पहल
मगरलाई ब्राउन
सुगर १ ग्राम ७७ मिलिग्राम सहित र प्रहरी चौकी राजघाटले मोरङ उर्लाबारी-९ का २३ वर्षीय
विवेक लिम्बुलाई ३५ मिलिग्राम ब्राउन सुगर साहित नियन्त्रणमा लिएको छ । त्यसैगरी
इलाका प्रहरी कार्यालय धरानले धरान उप-महानगरपालिका-१०
का २३ बर्षीय दिपेश जैसवाल र ३० वर्षीय कराम आङला लिम्बुलाई प्रतिबन्धित औषधी १९४ चक्की
सहित पक्राउ गरेको छ ।