इलाम जिल्लाका स्थानीयबासी, नागरिक समाजहरुसँग परिचय तथा अन्तरक्रिया
२०८२-०२-२९
- A
- A-
- A+
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय इलाम पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले इलाम जिल्लाका नगर प्रमुख केदार थापा , स्थानिय जनप्रतिनिधि, सुरक्षा समितिका पदाधिकारीहरु, विभिन्न संघ संस्थाका प्रतिनिधि, स्थानीय बुद्धिजिवि, नागरीक समाजहरु तथा संचारकर्मीहरु लगायतका व्यक्तित्वहरुसंग भेटघाट गर्नु भई अन्तरक्रिया तथा छलफल गर्नु भएको छ ।
छलफलको क्रममा स्थानीय नागरिक र प्रहरी बिचको सहकार्य र समन्वय, लागू औषधको ओसारपसार, अपराधका घटना न्यूनिकरणको लागि स्थानीयबासीको भूमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नुका साथै बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा प्रहरीसंग भएको साधन स्रोत सहित जिल्लाबासीको सुरक्षामा तत्काल परिचालन हुने बताउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक एक नारायण कोईराला, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।