जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण
२०८२-०२-२९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वँहाले कार्यलय भवन, मेस, सम्पुर्ण शाखाहरु तथा हिरासत कक्षको निरीक्षण गर्नुका साथै प्रहरी सेवा प्रवाहलाई थप चुस्तदुरुस्त एवं प्रभावकारी बनाउन र नागरिकमा प्रहरी सेवाको पहुँच पुर्याउन कार्यरत प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको छ ।
निरीक्षण भ्रमणकै क्रममा वहाँले स्थानीय स्तरमा समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आत्महत्या न्युनिकरण लगायत विभिन्न जनचेतनामुलक कार्यक्रमहरु संचालन गरी आत्महत्याको बड्दो दरमा कमी ल्याउन सकिने बिश्वास ब्यक्त गर्नुभयो । साथै पर्यटकिय क्षेत्र, धार्मिक स्थल भएको पहाडी जिल्ला इलाममा शान्ति सुरक्षा कायम राख्न तथा अपराधिक गतिबिधि नियन्त्रण गर्नको लागि कडाईका साथ चेकजाँचको ब्यवस्था मिलाउनका साथै फैसला कार्यान्वयन अन्तर्गत फरार प्रतिबादीहरु पक्राउ अभियानलाई तिबत्रा दिन समेत वँहाले निर्देशन दिनुभएको छ ।
यसका साथै वर्षायामको समयमा पहाडी जिल्लाहरुमा हुने वाढी पहिरो जस्ता विपदका घटनाहरुमा नागरिकको धनजनको सुरक्षाका लागी तत्काल उद्धार कार्यमा परिचालन हुन सक्ने गरी तयारी अवस्थामा रहन समेत वँहाले निर्देशन दिनु भएको थियो । निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक मान बहादुर राईले प्रदेश प्रहरी प्रमुख कार्कीलाई इलाम जिल्लाको समग्र शान्ती सुरक्षाको अवस्था, जनशक्ति व्यवस्थापन, भावि कार्य योजना, सुरक्षा चुनौतीहरु लगायतका विषयहरुमा अवगत गराउनु भएको थियो ।