“पर्यटक प्रहरी अनुशिक्षण” समापन
२०८२-०२-२९
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको तत्वावधानमा संचालन भईरहेको ७ कार्य दिनको “पर्यटक प्रहरी अनुशिक्षण” को समापन भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा जेठ २९ गते प्रहरी उपरीक्षक दिपक पोखरेलको प्रमुख आतिथ्यतामा उक्त तालिमको समापन भएको हो । तालिम समापन पश्चात कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै प्रहरी उपरीक्षक पोखरेलले कोशी प्रदेशमा रहेका बिभिन्न प्राकृतिक, धार्मिक सम्पदा तथा रमणीय पर्यटकिय स्थलहरुको अवलोकन र भ्रमण गर्न विदेशी तथा स्वदेशी पर्यटकको आवागमन हुने हुँदा आवश्यक शान्ति सुरक्षा लगायत विविध दृष्टिकोणले सहजिकरणको लागि पर्यटक प्रहरी परिचालन गर्नुपर्ने आवश्यकताको महशुस गरी पर्यटक प्रहरी अनुशिक्षण संचालन गरिएको बताउनु भयो । साथै वँहाले कोशी प्रदेश पर्यटन वर्ष,२०८२ मनाउने क्रममा नेपाल आएका पर्यटकहरुलाई सत्कार र सम्मानका साथ समस्याको पहिचान गरी गुणस्तरीय सुरक्षा प्रदान गर्न तथा नेपालको भविष्य जोडिएको पर्यटन क्षेत्रको माध्यमबाट मुलुकलाई सम्पन्न र समृद्ध बनाउनको निम्ति तालिमबाट थप टेवा प्राप्त हुने बिश्वास ब्यक्त गर्नु भयो । वँहाले तालिममा सहभागी सम्पूर्ण प्रशिक्षार्थीहरुले अनुशिक्षणमा सिकाईएका कुराहरुलाई कार्य क्षेत्रमा ब्यबहारमा लागु गरी त्रुटि रहित तवरले कार्य सम्पादन गर्न निर्देशन समेत दिनु भयो । कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक ध्रुब कुमार श्रेष्ठले तालिम सम्बन्धी प्रतिबेदन पेश गर्नु भएको थियो । कोशी प्रदेश अन्तरगत रहेका बिभिन्न प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी निरीक्षक देखि प्रहरी जवान सम्मका ६० जना प्रहरी कर्मचारीहरु सहभागिता रहेको उक्त तालिमको समापन कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरका प्रहरी उपरीक्षक आर्किट्रेक्चर हरि डंगोल, सिनियर तथा जुनियर प्रहरी अधिकृत लगायत अन्य प्रहरी कार्मचारीहरुको उपस्थिति रहेको थियो ।