श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुको स्थलगत भ्रमण
२०८२-०२-२८
- A
- A-
- A+
श्री नेपाली सेना वार कलेज नगरकोटका सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थीहरुले स्थलगत भ्रमणको क्रममा प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । श्री नेपाली सेना वार कलेज, नगरकोटका सहायक रथीज्यूहरु लगायत कलेजमा संचालन भईरहेको सि.सं. १३ हायर कमाण्ड एण्ड म्यानेजमेन्ट तालिमका शिक्षार्थी महासेनानिज्यूहरुले प्रदेश प्रहरी कार्यालयको अवलोकन भ्रमण गर्नुभएको छ । अध्ययन भ्रमणको क्रममा जेठ २८ गते पाल्नु भएका सहायक रथी विष्णु कुमार खड्का सहितको समुहलाई कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक दिपक पोखरेलले स्वागत गर्नु भएको थियो । अवलोकन भ्रमणको क्रममा वहाँहरुले कोशी प्रदेश प्रहरी कार्यालयको अपराध अनुसन्धान शाखा, महिला बालबालिका सेवा केन्द्र, सामुदायिक शाखा तथा शिशु स्याहार कक्षको अवलोकन भ्रमण गर्नु भएको थियो । भ्रमण पश्चात वँहाहरुलाई प्रहरी उपरीक्षक पोखरेलले प्रदेशको शान्ति सुरक्षाको अवस्था, अपराधिक गतिबिधिको अवस्था र प्रकृती, public law and order maintenance मा देखिएका चुनौतीहरु साथै नेपाल प्रहरी र अन्य सुरक्षा निकायहरु विचको समन्वयको अवस्था र अपेक्षाहरुको सम्बन्धमा प्रस्तुतिकरण राख्नु भएको थियो ।