लागू औषध सहित ९ जना पक्राउ
२०८२-०२-२६
- A
- A-
- A+
मोरङ र पाँचथरबाट हिजो जेठ २५ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय उर्लाबारी मोरङ र लागू औषध विशेष ब्युरो शाखा कार्यालय काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-७ का ३८ बर्षीय मिथुन भन्ने रजत थापालाई ५५ ग्राम ब्राउन सुगर, २ लाख ८८ हजार २५० र २ वटा डिजिटल तराजु सहित उनकै घरबाट पक्राउ गरेको हो । त्यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले ४ ग्राम ५८० मिलिग्राम सहित सुन्दरहरैचा-३ का २१ बर्षीय निरन लिम्बुलाई विराटनगर महानगरपालिका १६ स्थितबाट र इलाका प्रहरी कार्यालय बेलबारीले बेलबारी २ लालभित्ती स्थितबाट सोही स्थानका २८ बर्षीय बिट्टु भगत र सुन्दरहरैचा-१२ का ३४ बर्षीय मिथलेस शर्मालाई २५० मिलीग्राम ब्राउन सुगर सहित पक्राउ गरेको हो ।
त्यस्तै पाँचथरको फिदिम नगरपालिका- २ बाट ३ ग्राम ५१० मिलीग्राम ब्राउन सुगर सहित २७ बर्षीय दिपेन केरुङ, २३ बर्षीय बिरबल राई, ३० बर्षीय गणेश सुजी, ३२ बर्षीय पर्वत तामाङ र १९ बर्षीया रिदिमा बर्देवालाई जिल्ला प्रहरी कार्यालय पाँचथरले नियन्त्रणमा लिएको छ ।