करेन्ट लागी १ जनाको मृत्यु
२०८२-०२-२३
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका-८ स्थित कमलदेव यादबले संचालन गरेको सिटी रिक्सा चार्जिङ सेण्टरमा करेन्ट लागेर रंगेली नगरपालिका-६ का ३५ बर्षीय मनोज यादबको मृत्यु भएको छ । जेठ २२ गते दिउँसो सँवा ३ बजे सिटी रिक्सा चार्ज गर्ने क्रममा करेन्ट लागेर उनको घटनास्थलमानै मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।