सवारी दुर्घटनाबाट मोटरसाईकल चालकको मृत्यु
२०८२-०२-२२
- A
- A-
- A+
झापाको दमक नगरपालिका-७ पशुहाट डाँडा स्थित पूर्व पश्चिम लोकमार्गमा बस र मोटरसाईकल आपसमा ठक्कर लागी दुर्घटना हुँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । जेठ २१ गते राती मे. १ ख ३०२७ नम्बरको बस र बिपरीत दिशाबाट आउदै गरेको प्रदेश १-०२-०५२ प. २२११ नम्बरको मोटरसाइकल ठक्कर लाग्दा घाईते भएका मोटरसाईकल चालक दमक-४ का ३६ बर्षीय मिलन थापाको उपचारको क्रममा आर्या न्युरो अस्पताल बिराटनगरमा मृत्यु भएको हो । बस र बस चालक झापाको गौरादह नगरपालिका-४ का ३२ बर्षीय सरकार टुडुलाई इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।