लागूऔषध गाँजा सहित २ जना पक्राउ
२०८२-०२-२१
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका-१८ स्थितबाट लागू औषध गाँजा सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २० गते राती सवा १० बजे इलाका प्रहरी कार्यालय रानी र इलाका प्रहरी कार्यालय बुधनगरेबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका- १ का श्याम यादव र शंकर यादवलाई ९ किलोग्राम गाँजा, नगद नेपाली रुपैया ६८ हजार, भारतिया रुपैया १८ हजार, डिजिटल तराजु १ थान र भारतिय नम्वरको २ थान मोटरसाईकल सहित पक्राउ गरेको छ । गाँजा सहित पक्राउ परेका दुवै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान तथा आवश्यक कानुनी कारवाही भईरहेको छ ।