लागूऔषध सहित ४ जना पक्राउ
२०८२-०२-२१
- A
- A-
- A+
मोरङको बिराटनगर-१५ बाट लागूऔषध सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । जेठ २० गते लागूऔषध नियन्त्रण ब्युरो विराटनगर र कोशी प्रदेश प्रहरी कार्यालय (PIT) बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा सुन्दरहरैचा-७ का १९ बर्षीय अभिषेक राई, २५ बर्षीय लक्ष्मण चौधरी, रुपन्देही बुटवलकी ४१ बर्षीया कौशी बिश्वकर्मा र ३२ बर्षीया निशा सुनारलाई २ ग्राम ४६ मिलिग्राम ब्राउन सुगर, स्पास्मो १४४ क्याप्सुल र २४ बोतल स्कप सहित नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।