धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०२-२०
- A
- A-
- A+
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको २०८२/०२/०४ गतेको पत्रादेशानुसार कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर धनुषा काज सरुवा भई जान लाग्नु भएका प्रहरी नायव उपरीक्षक सुनिल दाहाललाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामना गर्दै धन्यवाद तथा शुभकामना व्यक्त गर्नु भएको छ । उक्त कार्यक्रममा सिनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।