धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०२-२०
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीको प्रमुख आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ ।
तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशाले कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरबाट नेपाल प्रहरी प्रधान कार्यालय, कार्य विभाग कार्य निर्देशनालय नक्साल, काठमाडौं जान लाग्नुभएका प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट मधेश प्रदेश प्रहरी तालिम केन्द्र जनकपुर, धनुषा जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल र कोशी प्रदेश प्रहरी तालिम केन्द्र सरुवा भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीलाई एक कार्यक्रमका बिच प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामनाका साथ धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको छ ।
साथै वहाँले तालिम केन्द्र सरुवा भई जान लाग्नु भएका द्वय प्रहरी वरिष्ठ उपरीक्षकहरुलाई दक्ष र अनुशाशित प्रहरी जनशक्ती उत्पादनमा बिशेष जोड दिनु पर्ने वताउनु भएको छ । कार्यक्रममा विदाई भई जान लाग्नु भएका प्रहरी वरिष्ठ उपरीक्षकहरुले आ-आफ्नो अनुभव सहितको मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका गण प्रमुख प्रहरी उपरीक्षक रुकेश तन्डुकार, सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।