दर्ज्यानी चिन्ह सुशोभन कार्यक्रम
२०८२-०२-२०
- A
- A-
- A+
तालुक प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं कर्मचारी प्रशासन शाखाको पत्रादेशले प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा पदोन्नती हुनुभएका पालतेन दोर्जेलाई कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले दर्ज्यानी चिन्हद्दारा सुशोभन गर्नुभएको छ । जेठ २० गते आयोजित कार्यक्रममा प्रदेश प्रहरी प्रमुख कार्कीले दोर्जेलाई दर्ज्यानी चिन्हले सुशोभन गर्नुका साथै बधाई तथा शुभकामना सहित थप जिम्मेवारी र उत्कृष्ट ढंगले कर्तब्य निर्वाह गर्न समेत निर्देशन दिनु भएको छ । उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अबि नारायण काफ्ले, कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल, प्रहरी वरिष्ठ उपरीक्षक गोबिन्द अधिकारी, कोशी प्रदेश प्रहरी गण बिराटनगरका गण प्रमुख प्रहरी उपरीक्षक रुकेश तन्डुकार सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृत लगायत प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको थियो ।