झापा जिल्लाका उद्योग व्यवसायी तथा स्थानियबासीहरुसंग छलफल तथा अन्तरक्रिया
२०८२-०२-१९
- A
- A-
- A+
निरीक्षण भ्रमणको क्रममा जिल्ला प्रहरी कार्यालय झापा पुग्नु भएका कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले झापा जिल्लाका उद्योग व्यावसायी, स्थानियबासी, जनप्रतिनिधि, राजनैतिक दल, जिल्ला स्थित विभिन्न संघ सस्थाका पदाधिकारी, व्यापार संघ, नागरिक समाज, संचारकर्मी लगायतका महानुभावहरुसंग छलफल तथा अन्तरक्रिया गर्नु भएको छ । जेष्ठ १९ गते झापाको बिर्तामोड नगरपालिका-४ स्थित सिद्धार्थ होटलमा आयोजित कार्यक्रममा उपस्थित महानुभावहरुसंग प्रदेश प्रहरी प्रमुख कार्कीले जिल्लाको शान्ति सुरक्षा, स्थानिय नागरिक र प्रहरी विचको सम्वन्ध सुदृढिकरण, लागू औषधको ओसारपसार लगायत अपराधका घटना न्यूनिकरणको लागि स्थानियबासीको भुमिका लगायतका विषयमा छलफल तथा अन्तरक्रिया गर्नु भएको थियो ।
साथै वहाँले समाजमा शान्ति सु-व्यवस्था प्रभावकारी बनाउन समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई प्रहरी र नागरिक विच समन्वय र सहकार्य गरी अगाडि बढेमा समाजमा हुने बिभिन्न किसिमका अपराधका घटनाहरुमा कमी आउने कुरा सवैमा अवगत गराउनु भयो । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक राजन लिम्वु, प्रदेश प्रहरी गण विराटनगरका प्रहरी उपरीक्षक रुकेश तण्डुकार, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक बिजय श्रेष्ठ लगायतका प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।