लागू औषध ब्राउन सुगर ओसार पसारमा संलग्न २ जना पक्राउ
२०८२-०२-१९
- A
- A-
- A+
लागू औषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले लागू औषध ओसार पसारमा संलग्न २ जनालाई पक्राउ गरको छ । जेठ १८ गते मोरङको बिराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउदै गरेका सुनसरीको धरान उप-महानगरपालिका-१६ का २८ बर्षीय सुशान राई र ३२ बर्षीय कुशुम राईलाई १ ग्राम ५४ मिलिग्राम लागू औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी इलाका प्रहरी कार्यालय रामपुर ठोक्सिला र अस्थायी प्रहरी पोष्ट कोठुबाट संयुक्त रुपमा गस्तीमा खटिएको प्रहरी टोलीले बेलका नगरपालिका-८ सिरवानी स्थित सोम्बारे मयुङ्टार भित्रि सडक खण्डमा सडकको नालीमा बोराभित्र प्लास्टिकले बेरेर लुकाई छिपाई राखेको १६ किलोग्राम ५ सय ग्राम लागू औषध गाँजा वेवारिसे अवस्थामा फेला पारेको छ ।