लागूऔषध गाँजा सहित ओसार पसारमा संलग्न २ जना महिला पक्राउ
२०८२-०२-१६
- A
- A-
- A+
उदयपुरको चौदण्डीगढी नगरपालिका-२ स्थितबाट प्रहरीले लागूऔषध गाँजा सहित ओसारपसारमा संलग्न २ जना महिलालाई पक्राउ गरेको छ । जेठ १५ गते विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चौदण्डीगढी-१ की रत्न माया श्रेष्ठको घर कोठा खानतलासी गर्दा सोही स्थानकी ४२ बर्षीया कमला श्रेष्ठले ३५ वटा प्लास्टिकको वोरामा लुकाई छिपाई राखेको १ हजार १ सय ४३ किलो २७५ ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए संगै संलग्न दुवै जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट थप अनुसन्धान तथा कानूनी कारवाही भईरहेको छ । यसै गरी सुनसरीको बराहक्षेत्र नगरपालिका-१ स्थित सप्तकोशी नदीमा वेवारिसे अवस्थामा ट्युवमा बग्दै आईरहेको ८ वटा प्लास्टिकको बोरामा रहेको २ सय किलोग्राम गाँजा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको छ ।