सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर १ बालकको मृत्यु
२०८२-०२-१६
- A
- A-
- A+
मोरङको विराटनगर महानगरपालिका-१४ स्थित सिंघिया खोलामा पौडी खेल्ने क्रममा डुवेर एक जना बालकको मृत्यु भएको छ । जेठ १५ गते अपरान्ह जहदा गाउँपालिका-२ का श्रवण महतोको ६ बर्षीय छोरा कुस कुमार महतो खोलामा पौडी खेल्ने क्रममा डुबी मृत्यु भएको हो । पौडी खेल्ने क्रममा खोलामा डुबी बेपत्ता भएको भन्ने खवर इलाका प्रहरी कार्यालय रानीमा प्राप्त हुनासाथ तत्काल प्रहरी टोली खटी स्थानिय बासीको सहयोगमा खोजी गर्दा पानीमा डुवी मृत अवस्थामा बालकलाई फेला पारेको थियो । मृतक लाशलाई पोष्टमार्टमको लागी कोशी अस्पताल विराटनगर पठाएको छ भने घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।