लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जना पक्राउ
२०८२-०२-१६
- A
- A-
- A+
मोरङ, झापा र उदयपुर जिल्लाहरुको बिभिन्न स्थानहरुबाट जेठ १५ गते लागू औषध ब्राउन सुगर र प्रतिबन्धीत औषधी सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले विराटनगर महानगरपालिका-१५ र १६ स्थितबाट उर्लावारी नगरपालिका-४ का २४ बर्षीय प्रसान भण्डारीलाई ब्राउन सुगर ३ ग्राम ३६ मिलिग्राम र NITRAZEPAM ३५ चक्की सहित, इटहरी उप-महानगरपालिका-२० का ३२ बर्षीय सुबास गुरुङ र २८ बर्षीय भिसन गुरुङलाई ब्राउन सुगर २ ग्राम १६ मिलिग्राम सहित, मोरङको केरावारी गाउँपालिका-८ का २३ बर्षीय राज कुमार भुजेल र १८ बर्षीय युगेश राईलाई ब्राउन सुगर १ ग्राम ९८ मिलिग्राम सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी वडा प्रहरी कार्यालय भद्रपुर झापाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले भद्रपुर नगरपालिका-४ स्थितबाट ग ११ प ६०९५ नम्बरको मोटरसाईकल चालक बिर्तामोड नगरपालिका-४ का २४ बर्षीय एल्बिज बस्नेतलाई ब्राउन सुगर ३ ग्राम ४ सय ८० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो भने प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले प्रदेश १-०५-००१ ह ०३४१ नम्बरको अटो चालक उदयपुरको त्रियुगा नगरपालिका-१० बोक्से का ४० बर्षीय पदम बहादुर परियार, अटोमा सवार ४६ बर्षीय कैलाश मग्राती, २६ बर्षीय मनोज मग्राती र २८ बर्षीया अरुना थापा मगरलाई प्रतिबन्धित औषधी स्पास्मो २ चक्की र गाँजा ५० ग्राम सहित नियन्त्रणमा लिएको हो ।