भारतीय नम्बरको स्कार्पियो कारबाट लागुऔषध गाँजा बरामद
२०८२-०२-१५
- A
- A-
- A+
सुनसरीको दुहबी नगरपालिका- ११ स्थितबाट भारतीय नम्बरको स्कार्पियो कारबाट प्रहरीले लागुऔषध गाँजा बरामद गरेको छ । जेठ १५ गते बिहान ३ बजे लागुऔषध बेचबिखान भईरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय दुहबी, प्रहरी चौकी तनमुना र प्रहरी चौकी रामगंज वेलगछियाबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले WB 06 H 2858 नम्बरको भारतीय स्कार्पियो भित्रबाट प्लाष्टिकमा पोका पारी लोड गरि राखेको (१४ पोका) ४ किलो ३८ ग्राम गाँजा बरामद गरेको हो । गाँजा बरामद गरेसगै फरार भएका चालकको खोजतलास भईरहेको छ ।