लागू औषध सहित १० जना पक्राउ
२०८२-०२-१०
- A
- A-
- A+
झापा, मोरङ र धनकुटाको बिभिन्न स्थानहरुबाट जेठ ९ गते प्रतिबन्धित औषधी, लागू औषध गाँजा र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय धुलाबारी र लागु औषध नियन्त्रण ब्युरो काकँडभिट्टा झापाबाट संयुक्त रुपमा चेकजाँचमा खटिएको प्रहरी टोलीले मेचीनगर नगरपालिका-१० का ३३ बर्षीय मोहन चौधरी र मेचीनगर-१५ का ३४ बर्षीय डिपलेस मेचेलाई ५ ग्राम १७० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।
यसैगरी लागू औषध नियन्त्रण ब्युरो विराटनगरले भोजपुरको हतुवागडी गाउँपालिका-६ का २० बर्षीय संतोष संकर र मोरङको केराबारी गाउँपालिका-५ का२१ बर्षीय सरोज कार्कीको साथबाट १ ग्राम ८ सय ९० मिलिग्राम लागू औषध ब्राउन सुगर फेलापारी दुबै जनालाई नियन्त्रणमा लिएको हो भने जिल्ला प्रहरी कार्यालय मोरङ र अस्थायी प्रहरी पोष्ट बलियाको प्रहरी टोलीले घरबाटै लागू औषधको कारोबार गर्ने सुन्दर हरैँचा नगरपालिका-५ का २३ बर्षीय सचिन घिमिरे र कारोबारमा संलग्न सुनसरीको इटहरी उप-महानगरपालिका-१ का २६ बर्षीय अंकित तामाङ, सुन्दरहरैँचा-६ का २३ बर्षीय बिबस लिम्बु, बेलबारी नगरपालिका-११ का ३७ बर्षीय शिसिर राई र बेलबारी -११ की ३१ बर्षीया प्रमिला राई समेतलाई लागू औषध ब्राउन सुगर १ ग्राम र नगद ३९ हजार रुपैया सहित पक्राउ गरेको हो ।
यसका साथै प्रहरी चौकी ६ नम्बर बुधबारे धनकुटाले चेकजाँचको क्रममा पाँचथरको मिक्लाजुङ गाउँपालिका-८ का २८ बर्षीय मौषम लिम्बुलाई धनकुटाको चौबिसे गाउँपालिका-१ ढिस्को स्थितबाट प्रतिबन्धीत औषधी TRACDOL-९०० चक्की र DIYSE-20-९०० चक्की सहित पक्राउ गरेको हो ।