खोलाले बगाएर १ जना महिलाको मृत्यु
२०८२-०२-०९
- A
- A-
- A+
ताप्लेजुङको सिदिङवा गाउँपालिका-६ मेहेलेकी ५१ वर्षीया विष्णुमाया लिङदेनको खोलाले बगाएर मृत्यु भएको छ । जेठ ८ गते दिउँसो फावा खोला तर्ने क्रममा खोलाले बगाउदा १ सय ५० मिटर टाढा लिङदेन मृत अवस्थामा फेला परेकी थिईन् । घटनास्थलमा इलाका प्रहरी कार्यालय तेल्लोकबाट खटिएको प्रहरी टोलीले सम्पुर्ण कानूनी प्रकृया पुरा गरी शवलाई पोष्टमार्टमको लागी जिल्ला अस्पताल ताप्लेजुङ पुर्याएको थियो ।