लागूऔषध गाँजा सहित २ जना महिला पक्राउ
२०८२-०२-०९
- A
- A-
- A+
उदयपुर र धनकुटाबाट लागूऔषध गाँजा सहित २ जना महिलालाई प्रहरीले पक्राउ गरेको छ । जेठ ८ गते इलाका प्रहरी कार्यालय भेडेटारबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले धनकुटाको साँगुरीगढी गाउँपालिका-६ भेडेटार स्थितमा प्र १-०२-००१ ज ४४८० नम्बरको यात्रु वाहक EV गाडीमा सवार रहेकी धनकुटाको सहिदभुमी गाउँपालिका-७ की २६ वर्षीया लक्ष्मी राईलाई लागुऔषध गाँजा ५१ किलोग्राम सहित पक्राउ गरेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा उदयपुरको त्रियुगा-९ की ४१ वर्षीया शिव माया लुङगेली मगरलाई लागूऔषध गाँजा ८ सय १० ग्राम सहित पक्राउ गरेको हो ।