प्रदेश प्रहरी प्रमुखद्वारा मातहत प्रहरी प्रमुखहरुसंग Virtual माध्यमद्वारा कार्य सम्पादन समिक्षा सम्पन्न
२०८२-०२-०८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ईश्वर कार्कीले कोशी प्रदेशका १४ वटै जिल्ला प्रहरी प्रमुखहरु तथा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यवस्थापन कार्यालय, इटहरीका कार्यालय प्रमुखहरुसंग भर्चुअल माध्यमद्वारा दशौं मासिक कार्य सम्पादन समिक्षा गर्नुका साथै आवश्यक निर्देशन समेत दिनु भएको छ । जेठ ८ गते भएको कार्यसम्पादन समिक्षामा कार्यसम्पादन सम्झौता बमोजिम श्रावण महिना देखि वैशाख महिना सम्म प्रहरी कार्यालयहरुद्वारा गरिएका कार्य प्रगति बिवरण सम्बन्धी समिक्षा, छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
समिक्षामा मुद्दाको फर्छ्र्यौट, प्रमाणमुखी अनुसन्धान, फरार प्रतिवादी पक्राउ, लागुऔषध ओसार पसार तथा प्रयोगलाई नियन्त्रण, साइबर अपराध, आर्थिक अपराध नियन्त्रण, हराएका मानिसहरुको खोजतलास, पहिचान नभएका लाशको पहिचान, अपराधलाई कारवाहीको प्रगति विवरण सुसुचित, सवारी दुर्घटना न्युनिकरणमा विशेष पहल, प्रहरीलाई नियमित अभ्यास तथा प्रशिक्षण, सम्वेदनशील इलाकाहरुमा थप सि.सि. क्यामेरा जडान तथा स्तर बृद्धि, समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत बिभिन्न सचेतनामूलक कार्यक्रम संचालन लगायतका बिषयहरुमा जिल्ला प्रहरी कार्यालय लगायत मातहत इकाईहरुबाट गरिएका कार्यहरुको समिक्षा गरिएको थियो ।
समिक्षा पश्चात प्रहरी नायव महानिरीक्षक ईश्वर कार्की, प्रहरी बरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल र प्रहरी बरिष्ठ उपरीक्षक गोबिन्द अधिकारीले कार्य सम्पादन सम्झौतामा उल्लेख भएका बुँदाहरुमा आधारित रहेर ईमान्दारितापूर्वक र परिणाममुखी कार्य सम्पादन गर्न सबैलाई निर्देशन दिनुका साथै कार्य सम्पादन सम्झौता अनुसार आफ्नो लक्ष्य अनुसार पुरा गर्नु पर्ने कार्यहरुमा गम्भिरतापूर्वक लागी पर्न तथा थप रचनात्मक कार्यहरुका साथ आम नागरिकको सेवामा २४ सै घण्टा तल्लीन रही जनचाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न निर्देशन दिनुभयो । कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी उपरीक्षक दिपक पोखरेल, प्रहरी उपरीक्षक हरि डंगोल लगायत सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुको उपस्थिति रहेको थियो ।