धन्यवाद तथा शुभकामना कार्यक्रम
२०८२-०२-०८
- A
- A-
- A+
कोशी प्रदेश प्रहरी कार्यालयको सभाहलमा कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहालको आतिथ्यतामा धन्यवाद तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । तालुक नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभागको पत्रादेशानुसार यस कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरवाट तालुक नेपाल प्रहरी प्रधान कार्यालय, भौतीक पुर्वधार महाशाखा जान लाग्नु भएका प्रहरी निरीक्षक ई. दिपक अधिकारीलाई प्रहरी वरिष्ठ उपरीक्षक भीम बहादुर दाहाल सहित सिनियर प्रहरी अधिकृत तथा जुनियर प्रहरी अधिकृतहरुले व्यवसायीक तथा व्यक्तिगत जीवनको उत्तरोतर प्रगतीको कामना गर्दै धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको थियो ।